कर्मचारीहरुको आन्दोलन, आज १ घण्टा पेन डाउन

 

सुर्खेत, २७ माघ । स्थानिय निकायका कर्मचारीहरुको आन्दोलनको नवौ दिन जिल्लामा रहेका सबै स्थानिय निकायमा एक घण्टा पेन डाउन गरिएको छ । हातमा कालो पट्टी बाँधेर कर्मचारीहरु विरोधमा उत्रेका छन् ।

विहान १० बजेदेखि ११ बजेसम्म सम्पूर्ण स्थानिय निकायका कर्मचारीहरु पेन डाउन गरेका थिए । स्थानिय निकाय कर्मचारी संघ छैठौँ प्रदेशका अध्यक्ष टंक लामिछानेले स्थानिय निकाय र निजामति कर्मचारी भनी राज्यबाट दोहोरो कर्मचारीतन्त्रको निहुमा विभेद गरिएको भन्दै आन्दोलनमा जान बाध्य भएको बताए । राज्यपक्षबाट पुर्नसंरचनाको क्रममा यस्तो विभेदको अन्त्यगर्नुपर्ने उनको माग रहेको छ ।

यसैबी चजिल्लामा रहेका सम्पूर्ण राजनैतिक दल, पेशागत संघ संगठन, पत्रकार, नागरिक समाजसँग आजै अन्र्तक्रिया समेत सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका देवकुमार सुवेदीले राज्यपुर्नसंरचनाको क्रममा कर्मचारीहरुका उचित मागको सम्बोधन गर्न राज्यले ध्यान दिनुपर्ने बताए । उनले पुर्नसंरचनापछि कर्मचारीहरुबीच विभेदको गन्ध आउन नहुने बताए ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धु्रबकुमार शाहीले कर्मचारीहरुको उचित मागको बारेमा सम्बोधन गर्दै नागरिक मुखी सेवा बनाउनुपर्ने बताए । पुर्नसंरचनाको समयमा यस्ता मागहरुलाई सम्बोधन गर्दै अघि बढ्न सुझाव दिए । नेकपा माओवादी केन्द्रका प्रशान्त आरसीले माओवादी सदैव विभेदको अन्त्यको पक्षमा रहेको बताए । उनले स्थानिय निकाय होस वा अन्य निकाय कतै पनि दोहोरो कर्मचारीतन्त्रको नाममा विभेद हुन नहुने बताए ।्

निजामि तकर्मचारी युनियन संघका नृपजंग शाहीले आफु सदैव स्थानिय निकायका कर्मचारीहरुका उचित मागको पक्षमा रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गोविन्द सुवेदी, मजदुर किसान पार्टीका हरि बहादुर बोहोरा, नयाँ शक्तिका यस बहादुर दर्लामी, नेकपा क्रान्तिकारी माओवादीका खडानन्द लामिछाने, अखण्ड पार्टीका हिक्मत वली, पत्रकार महासंघका अध्यक्ष गणेश कञ्चन भारती, स्थानिय निकाय कर्मचारी लगायतको सहभागिता थियो ।

आन्दोलनको कार्यक्रम अन्र्तगत भोली विहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेको छ । स्थानिय निकाय कर्मचारी संयुक्त संघर्ष समितिका प्रवक्ता कुलबहादुर खड्काले आन्दोलनबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै राज्यले उचित माग सम्बोधन गरे तत्काल आन्दोलनफिर्ता लिने बताए ।

प्रकाशित मितिः   २७ माघ २०७३, बिहीबार १६:५३