एमाले प्रदेश अधिवेशन: अध्यक्षमा पाँच जनाको उम्मेदवारी
सुर्खेत: नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यतालिका अनुसार शुक्रवार अध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् । सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको हो ।
त्यसैगरी उपाध्यक्षमा लालबहादुर महतरा, टेकराज पछाईं र दानिसंह परियारले उम्मेदवारी दिएका छन् । सचिवमा ध्रुवकुमार शाही, डण्डिप्रसाद शर्मा र रूद्रबहादुर शाही गरी तीन जनाले मनोनयन दर्ता गरेका छन् ।
उपसचिवमा भने दश जनाको उम्मेदवारी परेको छ । रबिन्द्रराज शर्मा, मेनका पछाईं, रमेशकुमार शाही, कमलकुमार शाही, नारायणबहादुर शाह, धिरेन्द्रराज गिरी, उज्जनबहादुर शाही, तेजकुमार विक, पदमा खड्का र बखत भण्डारी उपसचिव पदका उम्मेदवार रहेका छन् ।
यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनबाट पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटी चयन हुँदैछ । आज दिउँसो साढे १२ बजेबाट मतदान हुने कार्यतालिका छ । आज दिउँसो साढे १२ बजेबाट निर्वाचनमा प्रदेशभरबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको छ ।


साझा बिसौनी ।