अपाङ्गता भएका व्यक्तिलाई परिलक्षितको सहयोग

सुर्खेत: अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा सहयोग गर्न बाख्रा र बंगुर वितरण गरिएको छ । परिलक्षित संस्थाद्वारा सञ्चालित शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकामा बाख्रा तथा बंगुर वितरण गरिएको हो ।

११ जनालाई बाख्रा र चार जनालाई बंगुर वितरण गरिएको संस्थाका फिल्ड कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको वडा नं. १, वडा नं. २, वडा नं. ४ मा पाँच जनालाई बाख्रा र एक जनालाई बंगुर दिइएको छ ।

त्यसैगरी भेरिगंगा नगरपालिकामा पनि पाँच जनालाई बाख्रा र गुर्भाकोट नगरपालिकामा एक जनालाई बाख्रा तथा तीन जनालाई बंगुर वितरण गरिएको छ । संस्थामा तीन वटा पालिकाका २५ जना अपाङ्गता भएका व्यक्तिले बाख्रा र बंगुरपालनको लागि निवेदन दिएका थिए । उनीहरूबाट १५ जनालाई छनोट गरेर सहयोग गरिएको संस्थाले जनाएको छ । उनीहरूलाई दुई दिने तालिमसमेत प्रदान गरिएको छ ।

प्रकाशित मितिः   ३ श्रावण २०८०, बुधबार १६:०४