ज्येष्ठ नागरिक बचत योजना सुरुवात

सुर्खेत: पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ नागरिक बचत योजना सुरु गरेको छ । संस्थाको २१औँ स्थापना दिवसको अवसर पारेर ज्येष्ठ शेयर सदस्यलक्षित बचत योजना सुरुवात गरिएको हो ।

‘पिपलबोटको अभियान, ज्येष्ठ नागरिकको सम्मान’ भन्ने मुल नारासहित उक्त योजना ल्याइएको जनाइएको छ । ज्येष्ठ सदस्य बचत योजनामा साकोसका ३० जनाभन्दा बढि सेयर सदस्यहरूको सहभागिता रहेको छ । जेष्ठ सदस्य बचत योजनामा साकोसका ३० जना भन्दा बढि सेयर सदस्यहरुको सहभागिता रहेको छ । आगामी दिनमा युवा लक्षित बचत योजना सुरुवात गर्ने योजनासमेत रहेको साकोसका अध्यक्ष बलबहादुर सार्कीले जानकारी दिए ।

संस्थाको हाल कूल वासलात १७ करोड ५१ लाख ९३ हजार ६ सय ८८ रहेको छ भने कुल बचत ११ करोड ८९ लाख ३३ हजार रहेको छ । दुई हजार सात सय ५५ सेयर सदस्य रहेको सहकारीमा कूल सदस्य संख्याको १२ प्रतिशत अर्थात तीन सय ३१ जना ज्येष्ठ सदस्य छन् । स्थापना दिवसकै अवरमा वीरेन्द्रनगर–४ मा रहेको प्रादेशिक सहिद पार्कमा सरसफाई तथा वृक्षारोपण गरिएको संस्थाका प्रबन्धक रमेश खनालले जानकारी दिए ।

प्रकाशित मितिः   ४ असार २०८०, सोमबार ०५:०१