वर्डलिङ्कका ग्राहकलाई उपचारमा सहुलियत

सुर्खेत: वर्डलिङ्कका ग्राहकले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । वर्डलिङ्क कम्युनिकेसन्स लिमिटेड र कर्णाली केयर इन्टरनेशनल अस्पताल सुर्खेतबीच वर्डलिङ्कका ग्राहकलाई उपचारमा छुट दिने सम्झौता भएको छ ।

वर्डलिङ्क प्रयोग गर्ने ग्राहकहरूले कर्णाली केयरमा उपचार गर्दा विभिन्न शीर्षकमा पाँचदेखि ३५ प्रतिशतसम्म छुट पाउनेछन् । कम्पनीले वर्डलिङ्क प्रयोगकर्ताका साथै आफ्ना कर्मचारी र उनीहरूको परिवारका सदस्यहरूका लागि उपचारमा विशेष छुट सुविधा दिएको हो ।

सम्झौतामा कम्पनीकोतर्फबाट शाखा प्रमुख दिपकबहादुर रावल र मानव संसाधन संयोजक विनोदकुमार न्यौपाने तथा अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक दिपक गौतमले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत वर्डलिङ्कले आफ्ना ग्राहकहरूलाई छुट्टाछुट्टै कार्ड उपलब्ध गराउने संसाधन संयोजक न्यौपानेले जानकारी दिए । उनका अनुसार यो सुविधा कर्णाली प्रदेशभरका ग्राहकले पाउनेछन् ।

प्रकाशित मितिः   १४ बैशाख २०८०, बिहीबार १९:४०