युवालाई प्रशिक्षण

सुर्खेत: सामाजिक विकासमा युवाको भूमिका विषयक कार्यक्रम गरिएको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको युवा परिचालन उप–समितिको आयोजनामा शनिवार वीरेन्द्रनगरमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष हरिहरनाथ योगीले युवाको परिचय, भूमिका नेतृत्व तथा सामाजिक दायित्वका बारेमा चर्चा गर्दै समाज परिवर्तन गर्न युवाको अहम भूमिका रहेको बताए ।

प्रशिक्षकहरु गेहेन्द्रप्रसाद दाहाल र हरिहर बस्नेतले सामाजिक रुपान्तरणमा युवाहरुको भूमिका र नेतृत्वको विषयमा प्रशिक्षण दिएका थिए । संस्थाको युवा परिचालन उपसमिति संयोजक कृष्णप्रसाद गौतमको अध्यक्षता तथा संस्थाका अध्यक्ष योगीको प्रमुख आतिथ्यतामा कार्यक्रममा बजार सेवा केन्द्र प्रमुख मितेन्द्रनाथ योगी, पिपिरा सेवा केन्द्र प्रमुख प्रेम आचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३ बैशाख २०८०, आईतवार ०९:२६