फिफा वरीयतामा ६ स्थानमाथि उक्लियो नेपाल

फिफा वरीयतामा नेपालले ६ स्थान सुधार गर्दै १७५ औं स्थानमा उक्लेको छ। फिफाले जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान फड्को मार्न सफल भएको हो।

यससँगै नेपालले दक्षिण एसियाको भुटानलाई एक स्थानले पछि पारेको छ भने दक्षिण एसियामा भारत र माल्दिभ्स पछि तेस्रो स्थानमा छ। एक स्थान सुधार गरेको भुटान १७६ औं स्थानमा छ।

दक्षिण एसियामा भारत सबैभन्दा माथि छ। ६ स्थान सुधार गर्दै भारत १२९ औं स्थानमा उक्लेको छ। यस्तै ९ स्थान सुधार गर्दै माल्दिभ्स १४५ औं स्थानमा उक्लेको छ। दक्षिण एसिया छाडिसकेको अफगानिस्तान ५ स्थान तल झर्दै १५२ औं स्थानको पुगेको छ।

यस्तै बंगलादेश ५ स्थान तल झर्दै १९० स्थानमा पुगेको छ भने एक स्तान तल झरेको श्रीलंका १९६ औं स्थानमा छ। पाकिस्तान भने १९७ औं स्थानमा यथावत छ।

विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ भने जर्मनी पनि दोस्रो स्थानमा यथावत छ। शीर्ष दशमा कुनै परिवर्तन भएको छ।

प्रकाशित मितिः   २८ पुष २०७३, बिहीबार १६:२०