पब्लिक र बौद्ध यातायात समायोजन
सुर्खेत: सुर्खेतबाट सञ्चालित दुई वटा यातायात प्रा.लि. समायोजन भएका छन् । पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रा.लि. मर्ज गरिएको हो । शुक्रवार बसेको संयुक्त बैठकले संस्था समायोजन गरेका हुन् ।
संयुक्त बैठकमा बौद्ध यातायात प्रा. लि. का अध्यक्ष कमलगुरुङले एक सय ४४ जना सदस्यसहितको कागजात पब्लिक हिमाल यातायात प्रा.लि. का अध्यक्ष खगेन्द्रप्रसाद शर्मालाई हस्तान्तरण गरे । दुई वटा संस्था मर्ज गरेर पब्लिक हिमाल यातायात बताइएको छ । माघ १ गतेदेखि एउटै संस्थाको नामबाट यातायात सञ्चालन हुनेछ ।
प्रकाशित मितिः ३० पुष २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।