बौद्ध ग्रामीणको साधारण सभा

सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सिंहबहादुर गुरुङको सभापतित्वमा भएको साधारणसभा एकाई बैठक र निर्णयहरू प्रमाणिकरण गर्दै सकिएको हो ।

संस्थाका २१ वटा शाखा तथा सात वटा एकाइबाट सभामा सहभागी प्रतिनिधिहरूले सहकारीले विगतदेखि नै उदाहरणीय काम भएका भन्दै प्रशंसा गर्नुका साथै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए । कार्यक्रममा सचिव पासाङ्ग महतारा, कोषाध्यक्ष पदमा देवी महतरा, लेखा समिति संयोजक कमल बुढा, प्रमुख कार्यकारी अधिकृत बिशाल के.सी.सहित मुख्य प्रबन्धक, शाखा प्रबन्धकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १६ पुष २०७९, शनिबार ०५:०१