मप यातायात निर्वाचन : खड्का नेतृत्वको प्यानल अगाडि

मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेतको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । आजै भएकोव निर्वाचनको मत गणना भइरहँदा निवर्तमान अध्यक्ष विष्णुबहादुर खड्का अगााडी देखिएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी श्यामलाल कँडेलले २२ मत प्राप्त गरेका छन् ।

मतगणनाको ताजा परिणाम यस्तो छ :

अध्यक्षमा

विष्णुबहादुर खड्का : ५४
श्याम लाल कंडेल स: २२

वरिष्ठ उपाध्यक्ष
मोतिप्रसाद चपाईं : ५०
रमेश कुमार पौडेल : २५

उपाध्यक्ष
गोरखबहादुर खत्री : ४८
सागर रावत : २६

सचिव
नारायणकुमार चपाईं : ४५
ओमबहादुर खड्का : ३०

कोषाध्यक्ष
गौरीप्रसाद लामिछाने : ४६
गणेशकुमार पन्त :२९

सह–सचिव
भोजकुमार डाँगी : ४७
क्षेत्रमणि गिरी : २७

सह–कोषाध्यक्ष
पदमबहादुर खत्री : ४६
मधु कार्की : २६

सदस्य
खम्बबहादुर शाही : ५३
धनबहादुर बोगटी : ४६
लालबहादुर नेपाली : ४७
विजय सापकोटा : ४८
शिवराज वली : ४९
थमन राना क्षेत्री : ४६
मिकाइल बक्स : २२
काशीराम शर्मा : २४
बखतबहादुर भण्डारी : २३
डिल्लीप्रसाद गौली : २१
रमेश ढकाल : २२
भिमबहादुर महतरा : २६

शुक्रबारदेखी शुरु भएको संस्थाको २० औं साधारण सभाले आगामी नयाँ नेतृत्वका लागि सहमतिबाट छिनोफानो नभएपछि निर्वाचन भएको थियो ।

कुल ३८७ जना मतदाता रहेको संस्थामा ३७८ मत खसेको छ । यो मध्य १ जना व्यवसायीको मृत्यु र बाँकी ७ जना विदेश रहेकाले ३७८ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

१३ सदस्यीय नयाँ नेतृत्वका लागि काँग्रेस भित्रकै २६ जना विभिन्न पदमा उम्मेदवार छन् ।

प्रकाशित मितिः   २३ पुष २०७३, शनिबार १९:५६