सिरक-डसना उद्योगमा आगलागी, मानविय क्षति भएन
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको सिरक-डसना उद्योगमा आगलागी भएको छ।
वीरेन्द्रनगर १६ तीनकुने चोक नजिक रहेको उद्योगमा लागेको आगोबाट उद्योगमा भएको सम्पूर्ण सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मानविय क्षति भने भएको छैन । विधुत सट भइ अागलागी भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २० पुष २०७३, बुधबार १५:३७
साझा बिसौनी ।