पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु
पहिरोले घर पुरिँदा जुम्लामा ६ जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–५ बारेकोटडाँडामा आज विहान गएको पहिरोले गणेशबहादुर शाहीको घर पुरिएको हो । घरभित्र रहेका ६ जनाको मृत्यु भएको छ भने दुइ जनाको उद्दार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृत्यु हुनेहरुमा गणेशबहादुर शाही, रमेशबहादुर शाही, पानसरा शाही, अनमोल शाही, मिलन शाही र सुरेन्द्र हमाल रहेका छन् । मृतक पाँच जना एकै परिवारका हुन् भने हमाल उनीहरुका छिमेकी हुन् ।
सोही घरमा रहेका सरस्वति हमाल र रामबहादुर हमाललाई उद्दार गरिएको छ । बेपत्ता विद्या शाहीको खोजी भइरहेको छ ।
प्रकाशित मितिः २२ आश्विन २०७९, शनिबार ११:०९
साझा बिसौनी ।