रेविजविरुद्ध निःशुल्क खोप शिविर

सुर्खेत: सिम्तामा निःशुल्क खोप शिविर तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । विश्व रेविज दिवसको अवसर पारेर सिम्ता गाउँपालिकाको आयोजनामा पशुपन्छी रोग अन्वेषण प्रयोशाला, नेपाल भेटेरीनरी एसोसियसन, हेफर प्रोजेक्ट नेपाल, सुन्दर नेपाल संस्था र सरस्वती प्रिज्म एकेडेमी राकमको साझेदारीमा बुधवार एक दिने शिविर सम्पन्न गरिएको हो ।

सिम्ता गाउँपालिका ६ का वडा सदस्य दिलिप बुढामगरको अध्यक्षतामा भएको कार्यक्रम कृषि तथा पशु उद्यमशिलता विकास परीयोजना सिम्ताका कार्यक्रम संयोजक ओमप्रकाश थापाले सहजीकरण गरेका थिए ।

जनचेतना मूलक कार्यक्रम अन्तर्गत विद्यार्थीसँग अन्तरक्रिया गरिएको हो । उक्त अन्तरक्रियामा नेपाल भेटेरीनरी एसोसियसन कर्णाल प्रदेश कोषाध्यक्ष डा. शतिस योगी र हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा. मोनालिसा खनालले रेविज रोग, रोग लाग्नबाट बच्ने उपायलगायतका बारेमा जानकारी दिएका थिए ।

त्यसैगरी खोप शिविर अन्तर्गत सिम्ता–४ वजेडिचौरमा १० वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । नेपाल भेटेरीनरी एसोसियसन कर्णाली प्रदेश सहसचिव डा. उमेश गिरी, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा. मोनालिसा खनालका साथै सुन्दर नेपाल संस्थाका टेक्नीकल कोओडिनेटर निर्मल खत्री, पशु प्राविधिक भावना थापालगायतको सहभागितामा निशुल्क खोप शिविर गरिएको हो ।

प्रकाशित मितिः   १३ आश्विन २०७९, बिहीबार ०५:०२