पहिरोमा ज्यान गुमाउनेका परिवारलाई गाउँपालिकाको राहत
जुम्ला: जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा पहिरोले विद्युत गृह भासिँदा ज्यान गुमाउने तीन जनाको परिवारलाई गाउँपालिकाले एक लाख रूपैयाँ राहत दिने भएको छ । शनिवार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनपछि बसेको गाउँ कार्यपालिकाको बैठकले पीडित परिवारलाई एक लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष शाहीले बताए ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार पीडित परिवारलाई संघीय सरकारले पनि एक लाख रूपैयाँ राहत दिने भएको छ । बिहीवार राति हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला लघु जलविद्युत आयोजनामा पहिरो जाँदा विद्युत गृहका अपरेटर गोरखबहादुर शाहीका श्रीमती र दुई छोराको मृत्यु भएको थियो । श्रीमती र छोराको मृत्यु भएपछि अपरेटर रावत बेहोस भएका थिए । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गरी घर फर्किएका छन् ।
प्रकाशित मितिः ३२ असार २०७९, शनिबार १८:४९
साझा बिसौनी ।