मृर्गौला बिक्री गर्ने गिरोह पक्राउ

 काठमाडौं प्रहरी अपराध महाशाखाले भारतका मृर्गौला बिक्री गर्ने गिरोह सार्वजनिक गरेको छ । भारतका विभिन्न सहरमा जागिर लगाइदिने प्रलोभन देखाएर भारत पुर्याउदै बेहोस बनाएर मृर्गौला निकाली बेचबिखन गर्ने कार्यमा सहभागीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

प्रहरीले मृर्गौला बेचबिखनमा संलग्नलाई राजधानीका विभिन्न स्थानसँगै कास्की, पोखरालगायतका क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे महादेवस्थान ७ घर भइ बौद्ध बस्ने ४४ वर्षीय विकास भनिने बिनुबहादुर तिमल्सिना, दोलखा भिमेश्वर नगरपालितका ५ घर भइ भक्तपुरको कमलबिनायक बस्ने ४७ बर्षीय प्रकाश बस्नेत र कास्की दानसिङ ९ घर भएका ३६ बर्षीय भिमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीन अभियुक्तले अन्य दुई जनासँग मिलेर मृगौला बेचविखन गरेको प्रहरीले बताएको छ । तीनै अभियुक्तलाई अपराध महाशाखा टेकु पठाइएको छ।

प्रकाशित मितिः   १४ पुष २०७३, बिहीबार १६:४४