कर्णालीमा कांग्रेसले बढायो पालिकाको नेतृत्व
सुर्खेत – कर्णाली प्रदेशका ७९ मध्ये ६१ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अब १८ वटाको मात्रै नतिजा आउन बाँकी छ ।
मतगणना सकिएका ६१ मध्ये २९ पालिकाको नेतृत्व नेपाली कांग्रेसले जितेको छ ।
नेकपा (माओवादी केन्द्र)ले १६ पालिका जित्दा नेकपा (एमाले)ले १० पालिकामा जित हात पारेका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले तीन पालिका जितेको छ भने तीन पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मितिः ४ जेष्ठ २०७९, बुधबार १०:०४

साझा बिसौनी ।