गुराँसमा निवर्तमान अध्यक्ष पराजित, एमालेले जित्यो

दैलेख : दैलेखको गुराँस गाउँपालिकामा निवर्तमान अध्यक्ष खेमराज ओली पराजित भएका छन् । अघिल्लो पटक अध्यक्ष जितेका ओली यसपटक नेकपा(एमाले)का टोपबहादुर बिसीसँग पराजित भएका हुन् । बिसीले चार हजार ६ सय ८१ मत पाएर विजयी भए । ओलीले भने चार हजार तीन सय ६६ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकी शिवाकुमारी खड्का निर्वाचित भइन् । पालिकाका ८ मध्ये ६ पालिका एमाले र दुई वटामा कांग्रेसले जितेका छन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार ००:०६