बराहतालमा माओवादीको सुखद् सुरुवात

सुर्खेत : बराहताल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सुखद् सुरुवात गरेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जितेको वडामा यसपटक माओवादीले बाजी मारेको छ ।

बराहताल-१ मा माओवादीको प्यानल नै विजयी भएको हो । वडा अध्यक्षमा बमबहादुर बुडुवाल विजयी भएका छन् । उनले दुई सय ७५ मत पाएका छन् । वडामा सात सय ४० मत खसेको थियो ।

पालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादीले अग्रता लिएको छ । अध्यक्षका उम्मेदवार ईश्वरभक्त सुनारले दुई सय ७७ मत पाउँदा उपाध्यक्ष भुमिसरा टोमटाले दुई सय ८३ मत प्राप्त गरेकी छन् ।

यस्तै कांग्रेसका भीम भण्डारीले दुई सय २८ र उपाध्यक्षमा लक्ष्मी पुनले दुई सय २२ मत प्राप्त गरेका छन् ।

एमालेका अध्यक्ष उम्मेदवार घनश्याम पाण्डेले एक सय ७५ मत पाउँदा उपाध्यक्ष दुर्गाकुमारी विष्टले एकसय ९२ मत प्राप्त गरेकी छिन् ।

पालिकामा १० वटा वडा छन् ।

प्रकाशित मितिः   ३१ बैशाख २०७९, शनिबार १८:००