आरसी-३२ ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा

सुर्खेतको आरसी- ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा पुगेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीवार ओसिस क्लबलाई ४-० गोल अन्तरले हराउँदै आरसी-३२ ले लगातार पाँचौं जित निकालेको छ ।

आरसी-३२ को जितमा विवेक सन्तोषी, प्रविन राई, अनिस पुलामी मगर र आशिष लावतीले एक/एक गोल गरे ।

जितसँगै आरसी-३२ ले ५ खेलमा १५ अंक जोडेको छ । योसँगै आरसी-३२ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

‘सी’ डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।

प्रकाशित मितिः   २२ बैशाख २०७९, बिहीबार १७:२०