नेपालले भुटानलाई ८-० ले हरायो

भारतको सिलिगुडीमा सोमबारबाट सुरु भएको चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई ८–० गोलको फराकिलो जित हात पारेको छ । भुटानले निर्धारित समयसम्म सान्त्वना गोल समेत फर्काएन ।

नेपालको जितमा फरवार्ड सावित्रा भण्डारी नायक बनिन् । उनले दोहोरो ह्याट्रिक गरिन् । एकै खेलमा नेपाली खेलाडीले गरेको सर्वाधिक गोल हो। बाँकी दुई गोल शर्मिला थापा र कृष्णा खत्रीले गरे ।

सावित्रा भण्डारीले ५, ९, २३, ३५, ७२ र ७८ औं मिनेटमा गोल गरिन् । शर्मिला थापाले २५ औं मिनेटमा र खत्रीले ९० औं मिनेटमा गोल गरेकी थिइन् ।

प्रकाशित मितिः   ११ पुष २०७३, सोमबार १६:५३