जिल्ला कमिटीमा सात जना मनोनित
सुर्खेत: नेकपा (एमाले) सुर्खेतले सात जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । आइतवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले विभिन्न पार्टीबाट एकता तथा समायोजन भइ एमालेमा सामेल भएकाहरूलाई सदस्य बनाएको हो । सदस्यमा मनोनित हुनेमा लालमणि पौडेल, रत्नबहादुर बुढा, बिमला थापा, रतन विक, गोरख शाही, अम्मरबहादुर सिंह र यामप्रसाद शर्मा छन् ।
त्यस्तै, एमाले सुर्खेतले प्रदेश सल्लाहकार परिषद्मा ३२ जनाको नाम मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको संख्याको ५० प्रतिशत हुने गरी जिल्ला सल्लाहकार परिषद् गठन गर्ने निर्णयसमेत भएको एमाले सुर्खेतका उपसचिव घनश्याम पाण्डेले बताए । उनका अनुसार सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागलाई पूर्णता दिएको छ । नौ जना सदस्य रहेको विभाग गठन गरिएको हो । बैठकले जिल्ला पार्टीको मुखपत्र ‘मार्गदर्शन’ अर्धवार्षिक रूपमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मितिः २८ चैत्र २०७८, सोमबार ०५:०३
साझा बिसौनी ।