मेरुदण्ड पक्षघात समिति गठन

सुर्खेत: सुर्खेत जिल्लामा रहेका मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूको भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले मदन कार्कीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पूर्णबहादुर सिंजापति, सचिवमा धर्मराज रावल र कोषाध्यक्षमा पार्वती थापा छन् ।

यस्तै सदस्यहरूमा दिपक आलेमगर, प्रकाश दर्लामीमगर, जितबहादुर नेपाली, यामबहादुर सुनार र नरेन्द्रराज राना छन् । मेरुदण्डको पक्षघात (स्पाइनल इञ्जुरी) भएका व्यक्तिहरूको हकहितको लागि कार्य गर्न समिति गठन गरिएको तदर्थ समितिका सचिव रावलले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरू मध्य मेरुदण्डमा चोट लागि पक्षघात भएका व्यक्तिहरूमा विशिष्ट प्रकृतिका समस्या हुने भएकाले सोसम्बन्धी जनचेतना फैलाउने, अपाङ्गता अनुकुलका भौतिक संरचना निर्माण गर्न पहल गर्ने लगायतका उद्देश्य राखी संस्था गठन गरिएको उनले बताए ।

प्रकाशित मितिः   २८ चैत्र २०७८, सोमबार ०५:०१