एमयूको दीक्षान्त समारोह वैशाख पहिलो साता
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू)को स्थगित दीक्षान्त समारोह वैशाख ६ गते हुने भएको छ । विश्वविद्यालयले यसअघि चैत १६ गतेका लागि तय गरेको समारोह स्थगित गरेको थियो । दीक्षान्त समारोह सञ्चालनबारे विश्वविद्यालयले बुधवार सूचना जारी गरेको छ । विश्वविद्यालयले विशेष कारणवश रोकिएको समारोह सञ्चालन गरिने जनाएको हो । मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दोस्रो पटक प्राप्त पत्रअनुसार आगामी वैशाख ६ गते दीक्षान्त समारोह सम्पन्न गर्ने गरी मिति निर्धारण गरिएको छ ।’ विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोह गर्न लागेको हो । २०७८ माघ २९ गतेसम्म स्नातक, स्नातकोत्तर र दर्शनाचार्य उत्र्तिण गरी ट्रान्सक्रिप्ट लिएका तथा सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीलाई दीक्षित गर्दैछ । दीक्षित हुन इच्छुक विद्यार्थीका लागि विश्वविद्यालयले आवेदन माग गरिसकेको छ । यसअघि निर्धारण भएको मितिमा दीक्षान्त समारोहको अन्तिम तयारी भएपनि स्थगित गरिएको थियो ।
प्रकाशित मितिः १६ चैत्र २०७८, बुधबार १४:५९
साझा बिसौनी ।