बानियाँ थप पाँच दिन थुनामा

सुर्खेत: जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । बाँके जिल्ला अदालतले बुधवार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो ।

शिवरात्रीको बिदाका कारण पूर्व–मन्त्रीसमेत रहेका बानियाँलाई बुधवार मात्रै अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए । बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया शिक्षिकाले बानियाँविरूद्ध जबरजस्तीकरणी मुद्दामा जाहेरी दिएकी थिइन् । ती महिलाको जाहेरीपछि सांसद बानियाँ फरार थिए । फरार रहेका बानियाँलाई प्रहरीले सोमवार बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मितिः   १९ फाल्गुन २०७८, बिहीबार ०५:०१