मुकुन्दश्याम गिरी राप्रपाको केन्द्रीय उपाध्यक्षमा मनोनित

सुर्खेत- मुकुन्दश्याम गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्षमा मनोनित गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण हँदा उनी पार्टीको सहायक महामन्त्रीमा समेत बनेका थिए ।

अध्यक्ष लिङदेनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् । उनले उपाध्यक्षमा गिरीसँगै हेमजंग गुरुङलाई मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन्।

प्रकाशित मितिः   १६ माघ २०७८, आईतवार २०:०९