ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइने

सुर्खेत – सरकारले माघ १४ गतेदेखि ज्येष्ठ नागरिकलाई बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस(कोभिड-१९) विरुद्व बुस्टर डोज खोप दिइने जनाएको छ ।

त्यसअघि आइतवारदेखि भने अग्रपंक्तिमा खटिनेहरुका लागि बुस्टर डोज दिने तयारी गरिएको छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टरमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ ।

पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइनेछ ।

प्रकाशित मितिः   ३० पुष २०७८, शुक्रबार २१:५१