सुर्खेतमा सुकुम्बासीको लगत संकलन गरिने

सुर्खेत – राष्ट्रिय भूमि आयोगले सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतवार सार्वजनिक गरेको सूचना अनुसार आगामी माघ १८ गतेदेखि सुर्खेतसहित २७ जिल्लाका विभिन्न स्थानीय तहमा तथ्यांक संकलन गर्ने गरिने भएको हो ।

सूचनाअनुसार सुर्खेतका तीन स्थानीय तहमा लगत संकलन गरिनेछ । चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका भूमिहीनले निवेदन दिन सक्नेछन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ । आयोगले यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँचरचेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

 

प्रकाशित मितिः   २५ पुष २०७८, आईतवार १२:०४