प्रदेश-१ मा गठबन्धन बलियो

विराटनगर- आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावमा प्रदेश १ का तीनवटा सीटमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मतभारको हिसाबले एमालेभन्दा सत्तारुढ गठबन्धन अगाडि छ ।

राष्ट्रियसभाको चुनावमा प्रदेश सभाका ९२ सांसदहरू मतदाता छन् । त्यस्तै स्थानीय तहमा २ सय ७२ जना मतदाता छन् । प्रदेशसभा सदस्यको एक भोट बराबर ४८ मतभार हुन्छ भने स्थानीय जनप्रतिनिधिको एक भोट बराबर १८ मतभार हुन्छ । यो हिसाबले प्रदेशसभाको कुल मतभार ४ हजार ४ सय १६ छ भने स्थानीय तहको मतभार ४ हजार ८ सय ९६ मतभार छ । यसरी प्रदेशसभा र स्थानीय तह दुवैको कुल मतभार ९ हजार ३ सय १२ हुन जान्छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लिम्बुवान (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) बीच गठबन्धन बनेको छ । गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६ सय ६८ छ । प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको मतभार ४ हजार ५२४ छ । अर्थात्, एमालेको मतभार सत्ता गठबन्धन भन्दा १ सय ४४ मात्र कम छ ।

जबकि राप्रपासँग १ सय २० मतभार छ ।

प्रकाशित मितिः   २१ पुष २०७८, बुधबार १८:४०