कर्णालीका आठ जिल्लामा कांग्रेसको नेतृत्व चयन
सुर्खेत – नेपाली कांग्रेसले कर्णाली प्रदेशका आठ जिल्लामा नेतृत्व चयन गरेको छ । प्रदेशका १० जिल्लामध्ये आठ वटामा जिल्ला अधिवेशन सकिएको हो । कांग्रेसले कतै सर्वसम्मत र कतै निर्वाचनबाट जिल्ला कार्यसमिति चयन गरेको हो । सुर्खेत र दैलेखमा भने शुक्रवार जिल्ला अधिवेशन हुँदैछ ।
यी हुन् आठ जिल्ला सभापतिहरु
जाजरकोट – वेदराज सिंह
सल्यान – केशबहादुर विष्ट
रुकुम पश्चिम- प्रेमप्रकाश ओली
कालिकोट- अमरबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
डोल्पा- दीपेन्द्रबहादुर शाही
हुम्ला- मोहनविक्रम सिंह
मुगु- ऐनबहादुर शाही
प्रकाशित मितिः ९ मंसिर २०७८, बिहीबार १३:२१
साझा बिसौनी ।