भि–बोन कुर्सीको शोरुम सञ्चालन

सुर्खेत: सुर्खेतमा भि–बोन ब्रान्डका कुर्सीको शोरुम ल्याइएको छ । वीरेन्द्रनगर–६, बुद्धपथस्थित टिडी डेकोरले डिलर लिएको हो । न्यूनतम् १० हजारदेखि अधिकतम् एक लाख २९ हजारसम्मका कुर्सी बिक्रीमा राखिएको छ । २१ वटा मोडलमा कुर्सीहरू उपलब्ध रहेको डेकोरका सञ्चालक राज अधिकारीले बताए । हरेक कुर्सीमा दुई वर्षको वारेन्टी दिइएको छ । उनका अनुसार बिक्रीसँगै सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याइने छ । भारतीय यो कम्पनीले नेपालका विभिन्न सहरहरूमा बिक्रीका लागि ३६ वटा डिलर सञ्चालन गरेको छ ।

यो ब्रान्डका कुर्सीहरू घर, अफिस र व्यवसायमा प्रयोग गर्न सहज हुने बताइएको छ । कम्पनीका नेपाल प्रतिनिधि प्रविन श्रीवास्तबले भि–बोनका कुर्सी आरामदायीसँगै स्वास्थ्यलाई पनि लाभ हुने खालका रहेको दाबी गरे । खासगरी लामो समय बसेर काम गर्ने व्यक्तिहरूलाई यी कुर्सी उपयुक्त हुने उनले जनाए ।

प्रकाशित मितिः   २ मंसिर २०७८, बिहीबार ०७:४६