अब दैलेखमै अक्सिजन उत्पादन

दैलेख – जिल्ला अस्पताल दैलेखमा अक्सिजन उत्पादन सुरु भएको छ । गत असारमै टेन्डर भएर अक्सिजन प्लान्ट आएको थियो । तर ढिला गरेर उत्पादन सुरु गरिएको हो ।

७५ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्छ ।

कोरोनाको दोस्रो लहरको बेला अक्सिजनका लागि नेपालगंजसम्म धाउनुपर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट राख्नका लागि पहल थालिएको थियो। अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरुभएसँगै दैलेख अस्पताल, दुल्लु अस्पताल लगाएत स्थानीय तह मातहतका अस्पतालहरुमा अक्सिजन अभावको समस्या समाधान हुने स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए ।

प्रकाशित मितिः   १३ कार्तिक २०७८, शनिबार १०:४६