कांग्रेस महाधिवेशन सार्ने सहमति

काठमाडौं – नेपाली कांग्रेसको १४‍औं महाधिवेशन फेरि सर्ने भएको छ । निर्वाचन समितिका सदस्यहरुसहित मंगलवार  बसेको कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशन कार्यतालिका सार्ने सहमति बनेको हो । मंसिर मसान्तसम्म महाधिवेशन सक्नेगरी पार्टीको तल्लो संरचनाको अधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिइएको छ।

बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी थिए । बैठकले तल्लो तहका अधिवेशन छिटो सक्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

केन्द्रीय महाधिवेशन मंसिर मसान्तअघि नै सकाउने गरी तल्लो तहको अधिवेशन गर्ने निर्णय भएको उनले जानकारी दिए ।संशोधित कार्यतालिका अनुमोदनका लागि केन्द्रीय समिति बैठकको आवश्यकता रहेकाले डाक्न आग्रह गरिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेगरी काम गर्न निर्वाचन समितिलाई आग्रह गरिएको पौडेलले बताए ।

प्रकाशित मितिः   ९ कार्तिक २०७८, मंगलवार १७:५३