नदीमा बेपत्ता

एक जना महिला भेरी नदीमा बेपत्ता भएकी छन् । बिहीवार दिउँसो वीरेन्द्रनगर–११ स्थित भेरी पुल नजिकबाट ती महिलाले नदीमा हाम फालेकी हुन् । कालीकोट तिलागुफा नगरपालिका–६ की अन्दाजी ३१ वर्षिय अमला परियार नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार भेरी नदीको किनारमा कपडा, मोबाइल र चेक लगायतका सामाग्रीहरू भेटिएका छन् । नदी किनारमा भेटिएका सामग्रीका आधारमा वेपत्ता महिलाको पहिचान भएको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । महिलाले नदीमा हाम फालेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । तत्कालै प्रहरीको टोली भेरी नदी किनारमा पुगेको थियो । बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १ आश्विन २०७८, शुक्रबार ०५:००