कोरोनाबाट दुई जनाको मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्युु भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुुसार बुुधवार जुम्ला र सुुर्खेतमा एक/एक जनाको ज्यान गएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म तीन सय ७३ जनाको मृत्युु भएको छ ।

यस्तै, बुधवार कर्णालीमा ३० जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतमा २०, जुम्लामा ६, दैलेखमा दुई, कालीकोट र सल्यानमा एक÷एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसहित अहिलेसम्म प्रदेशमा ३२ हजार आठ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३० हजार आठ सय पाँच जना निको भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार चार सय ९० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यसैबीच, देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजारभन्दा तल झरेको छ । बुधवार दुई हजार एक सय ६१ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या २९ हजार चार सय ७९ मा झरेको हो । हालसम्म संक्रमणमुक्त हुनेको संख्या सात लाख ३३ हजार एक सय ६१ पुगेको छ । संक्रमणका कारण देशभर १० हजार आठ सय ८९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २४ भाद्र २०७८, बिहीबार ०५:००