एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

सुर्खेत- माध्यमिक शिक्षा परीक्षा (एसईई)-२०७७ को नतिजा सार्वजनिक भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर आज नतिजा प्रकाशन गरेको हो ।

कसरी हेर्ने ?

नतिजा बोर्डको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ । www.see.gov.np,  www.neb.gov.np,  www.see.ntc.net.np बाट हेर्न सकिनेछ ।

यस्तै एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन  गर्न लागिएको छ । नेपाल टेलिकम र एनसेलबाट १६०० मा एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ ।

प्रकाशित मितिः   २३ श्रावण २०७८, शनिबार १५:२५