स्काउट दिवसमा सरसफाइ

स्काउट दिवसको अवसरमा सरसफाइ र वृक्षारोपण गरिएको छ । कर्णाली प्रदेश स्काउट तर्दथ समितिका अनुसार ७०औं स्काउट दिवसको अवसर पारेर बुधवार प्रदेशका विभिन्न स्थानमा सरसफाइ, वृक्षारोपण, बगैँचा व्यवस्थापन लगायतका कार्य गरिएको हो ।

तदर्थ समितिका संयोजक कमल बोहराले स्काउटको मर्मअनुसार सरकारले देशभरका सबै विद्यालयमा स्काउट सुरु गरेको बताए । हरेक विद्यालयमा स्काउट गतिविधि सञ्चालन गर्नका नेपाल सरकारले नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी समेत दिए । कर्णालीका सबै विद्यालयमा स्काउट गतिविधि सञ्चालनका लागि सहकार्य गरिने उनले बताए । बोहोराका अनुसार कर्णालीका सबै स्थानीय तहमा तदर्श समिति गठन समेत गरिएको छ ।

प्रकाशित मितिः   १० असार २०७८, बिहीबार ०५:००