संक्रिय संक्रमित ६ हजार बढी

कर्णाली प्रदेशमा बिहीवार थप दुई सय ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार एक सय २२ पुगेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बुधवार चार सय २३ जना संक्रमणमुक्त भएका छन् । योसहित प्रदेशभर हालसम्म १४ हजार ६ सय नौ जनाले कोरोना जितेका छन् । बिहीवार कोरोना संक्रमित पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित दुई सय २६ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यसैबीच, बिहीवार देशभर ६ हजार सात सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार चार सय १४ पीसीआर परीक्षणमा ६ हजार सात सय ३१ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ । यस्तै, सात हजार दुई सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार चार सय ७६ पुगेको छ । अहिलेसम्म देशभर कोरोनाबाट ६ हजार नौ सय ५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७८, शुक्रबार ०५:००