थारू राष्ट्रिय साहित्य सम्मेलन हुँदै

सुुर्खेतमा पाँचौं थारू राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । थारु कल्याणकारिणी सभा सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा यही चैत २१ र २२ गते सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखनबारे अन्तरक्रिया र थारू बाल सहित्यको बारेमा विमर्श गरिने भएको छ ।

थारू तथा गैर थारू साहित्यकारहरूबीच अनुभव आदान–प्रदान गर्ने, प्रकाशित कृतिहरूको विमोचन र बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको आयोजक मूल व्यवस्थापन समितिका संयोजक मानबहादुर चौधरी ‘पन्ना’ले जानकारी दिए । उनका अनुसार सम्मेलनमा साहित्य लेखको प्रशिक्षण कार्यक्रम, थारू गीतको बाटो कता ? र आख्यानको ओज विषयमा बहस समेत गरिने छ ।

प्रकाशित मितिः   १७ चैत्र २०७७, मंगलवार १०:३५