बौद्धिक टोलको अध्यक्षमा पौडेल
वीरेन्द्रनगर–१० स्थित बौद्धिक टोल विकास संस्थाको अध्यक्षमा टीकाराम पौडेल चयन भएका छन् । शनिवार सम्पन्न संस्थाको तेस्रो साधारणसभाबाट पौडेल अध्यक्षमा चयन भएका हुन् । साधारणसभाले संस्थाको नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा तिल्सरा बाकबल, सचिवमा श्यामराज न्यौपाने, सह–सचिवमा कमलबहादुर कार्की र कोषाध्यक्षमा सरस्वती सन्ज्याल चुनिएका छन् । यस्तै, समितिको सदस्यमा खगेन्द्र केसी, बलबहादुर बिसी, हरिकुमार श्रेष्ठ र कर्ण पाण्डे रहेका छन् । संस्थाले टोलमा रहेका घरपरिवारलाई संगठित गरी सामाजिक कार्यहरू गर्दै आएको छ ।
प्रकाशित मितिः ८ चैत्र २०७७, आईतवार ०६:००
साझा बिसौनी ।