गाइज

तानाशाहका तानाबाना

गाइज


महेश नेपाली

‘भोल्टायरले प्रजातन्त्रको सुन्दर परिभाषा दिएका छन्, म तिम्रो विचारसँग असहमत हुन सक्छु तर तिम्रो विचार राख्ने स्वातन्त्रताका लागि म मेरो ज्यान दिन पनि तयार छु’ वीरेन्द्रनगरस्थित एउटा फास्टफूड पसलअघि फ्राइ राइसको पहिलो गास हाल्दै आइतेले इतिहासको सुन्दर किस्सा सुनायो ।

‘तर हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीले त कसैलाई बोल्न सम्म दिएनन्, साइबर सेना लगाए । उनीहरू अरिंगालझैं डस्न आए । हाम्रो देशमा अभ्यास गरिएको प्रजातन्त्र कस्तो कमसल है’ उसले अर्काे गाँस निल्दै गर्दा निरंकुश ओलीतन्त्रमाथि टिप्पणी ग¥यो ।

तैँले घनश्याम भुसालको तर्क पत्रपत्रिकामा कहीँ पढिनस् ? ‘क्रान्तिकारी नेताहरूप पनि आफूले फालेको राजामहाराजाबाट उनीहरू के काम गर्छन् भनेर सिक्छन् । हामीले राजा फाल्यौँ तर हाम्रो प्रधानमन्त्रीलाई हेर्दा के देखियो भने राजाविरुद्धको प्रतिशोधले जुन राजनीतिमा लाग्नु भएको थियो, त्यो प्रतिशोध सकिएको रहेनछ । त्यो प्रतिशोधमै हुनुहुँदो रहेछ । राजा फालेर म राजा हुने हो भन्ने चेतना सकिएको रहेनछ । यो क्रम दोहोरियो । यसको जिम्मा हामीले लिनैपर्छ यदि यो जिम्मेवारी लिएनौँ भने चाँडै परीक्षामा जानुपर्छ’ रहिनाले भुसालका शब्द सापटी लिदै प्रजातन्त्रमा निर्वाचित तानाशाह कसरी जन्मिन्छ भनेर व्याख्या गर्ने प्रयास गरी ।

‘ओली भारतीय नाकाबन्दी ताकाका हिरो हुन । त्यही निउमा उनले राष्ट्रवादको माला उनेका थिए । तर त्यो राष्ट्रवाद हिटलरको झैं उग्र राष्ट्रवाद हुन्छ कसले सोचेको थियो र ? तर पनि भावुक नेपाली जनताका अगाडि राष्ट्रवादको खेती फाप्यो । कम्युनिष्ट स्कुलिङबाट उनी मुसोलोनी जस्तै तानाशाह बने । परिणाम उनी आफै लडेर ल्याएको प्रजातन्त्र र संविधानको खिलापमा गए । यही नै उनको पतनको सिलसिला हो’ टमाटरको सस् हालेको रातो भात खाँदै बनेका राता ओठबाट बक्रामले माथिका शब्द ओकल्यो ।

‘तानाशाही शासन कस्तो हुन्छ भन्ने कुरा नेपाली जनताले बारम्बार देख्दै र भोग्दै आएका छन् । कर्नालीमा त तानाशाहको झन् ठुलो प्रभाव परेको छ । जोसँग कर्नाली लडेको थियो तिनले बदला लिन तानाशाही व्यवहार देखाए । तर जोसँग सहकार्य गरिएको थियो उनीहरूपले पनि लोप्पा खुवाए । तर अहिले ओलीले त सबैलाई माछोमाछो भ्यागुतो बनाइदिए । सारमा उनले आफ्नो साख गुमाए । बर्बर शासनका कारण कर्नालीमा डरको चिसो पसेकै छ । इतिहासदेखि हालसम्म । हिउँदको चिसो के चिसो, जति सत्ताको चिसोले मन कठ्याङ्ग्रिन्छ’ मौन महाशंकर छलफलमा सहभागिता जनाउन अग्रसर भयो । त्यहीबेला झुमाले सोधि ‘कस्तो डर ? केही उदाहरण दिएर प्रष्ट पार न ।’

‘सत्तासँग सेना, प्रहरी, गुप्तचर, कर्मचारी लगायतको संयन्त्र हुन्छ । यी संयन्त्र मार्फत दबाउने गरिन्छ । तानाशाही शासन भएको बेला यी संयन्त्रको सबभन्दा बढी प्रयोग गरिन्छ । ओलीले त्यही प्रयोग गरेर झस्काए । रामकुमारी झाँक्री गिरफ्तार गर्नु धेरैको मनमा डर पसाउनु थियो । त्यस्तै १८४६ मा जुम्ला राज्य कब्जा पछि १४ वर्ष माथिका सबैलाई बध गर्नु भन्ने बहादुर शाहको आदेशदेखि यता सत्ताले कुनै न कुनै माध्यमबाट डर पसाएको हो ।’

‘मेरो मनमा लागेको यत्ति हो । यी विषयमा दिदीले नै बोलिदिनु भयो भने सजिलो हुन्छ भन्ने लागेको छ । खासगरी तानाशाह कसरी जन्मिन्छ ?’ महशंकर झुमालाई बोल्न भन्छ ।

‘आ ! सँधै म कहा बोल्छु त । यो विषयमा तिमीहरूको मत बलियो छ । मलाई मजा आइरहेको छ । तिमीहरू छलफल गरिराख न’ झुमा पन्छिन खोज्छे ।

रहिनाले कर गरी, ’ह्या दिदी पनि भाउ दिने भइसक्नुभयो क्या । हाम्री प्यारी दिदी ओली बन्ने चानस छ है हेहे ।’ डिच्च हाँस्दै ।

‘त्यस्तो होइन, कम्तिमा मलाई त्यस्तो नभन न । एक त म राजनीतिमा छैन । त्यसमाथि राजनीति गर्नेहरूका सिमाहरू पनि आलोचना गर्छु । मेरो आशय त तिमीहरूको विचार परिपक्व होस भन्ने मात्रै हो ।’

‘अरु कुरा छोड्नुस्, आजकै विषयमा बोल्नुस् भनेको नी’ रहिना फेरी जोड गर्छे ।

‘अहिले मानिस सामान्यतः डर–लोभलगायत कारणले राजनीतिमा आएका छन् । पार्टीमा लाग्नेहरूले आफूलाई विस्तारित बनाउनु पर्ने हो । पार्टीहरूले पनि ती व्यक्तिहरूलाई लोकतान्त्रिक बनाउँदै विस्तारित गर्दै लिएर जानुपर्ने हो । व्यक्तिलाई लोकतान्त्रिक बनाउन अवरुद्ध भएपछि पार्टीभित्र नै लोकतन्त्र मर्दै जान्छ । पार्टीभित्र लोकतन्त्र मर्दै गएपछि त्यस्ता पार्टीहरू र नेतृत्वले जतिखेर समाजमा हस्तक्षेप गर्न पाउँछन् । त्यतिखेर प्रतिगामी काम गरिदिन्छन् । ओलीले तनाशाहका तनानबाना बुन्नु यहि कारण त हो नी’ साथिहरूको अपेक्षाअनुसार झुमाको राय आयो ।

‘ओलीले संविधानमाथि मात्र होइन, समृद्धिका भोका जनताको सपनामाथि पनि भद्दा मजाक गरेका छन् । उनको शासनकामा भएको मनमनपरी अनियमितताको त पहाड छ ।’

‘आइते यसलाई अलि मुर्त रूपमा भन न । कुनै एउटा क्षेत्रको उदाहरण लिन सकिन्छ नि ।’ झुमाले प्रष्ट पार्न आग्रह गरि ।

‘पत्रपत्रिकामा आएको रिपोर्टलाई हेर्ने हो भने ओलीको कार्यकालमा पूर्वाधारमा कुनै पनि ठूला काम भएका छैनन् । सम्झन लायकको ठूलै उपलब्धी पनि छैन । तैपनि सार्वजनिक ऋणको भार तीन वर्षमै सगरमाथा नाग्ने गरी बढेको छ । एउटा गतिलो उदाहरण भनेको इतिहासदेखि ओलीको शपथसम्म देशको ऋण ६ खर्ब ९८ अर्ब रूपैयाँ मात्र थियो । तर, तीन वर्षमा आठ खर्ब आठ अर्ब बढेर १५ खर्ब ६ अर्ब पुगेको छ ।’

‘देशलाई यति ठुलो ऋण बोकाएर ओलीले रेल ल्याए कि पानीजहाज ? अस्पताल बनाए कि विश्वविद्यालय ? सडक बनाए कि विमानस्थल ?’ आइतेको गतिलो उदाहरण पछि बक्रामाको प्रश्न ।

अनुत्तरित प्रश्नलाई थाती राखेर आइते फेरी भन्छ, ‘अर्काे एउटा खराब तथ्याङ्क छ यस्तो बलियो सरकार बनेपछि तीनवर्षे कार्यकालमा पुँजीगत (विकास) खर्च ८० प्रतिशतभन्दा माथि जान सकेन । चालू आर्थिक वर्षमा समेत आधा अवधि बित्दा पूँजीगत खर्च जम्मा १५ प्रतिशत मात्रै भएको छ । तैपनि उनी निर्धक्क भन्दै छन्, ‘नेपालको विकास देखेर दुनियाँ चकित छ ।’ १० प्रतिशत आर्थिक वृद्धिदरको हावा फैलाएको सरकारको गत वर्ष आर्थिक वृद्धि शून्यको आसपासमा थियो । यो वर्ष शून्य दशमलव दुई प्रतिशतभन्दा माथि जाँदैन भनेर विश्व बैंकले प्रक्षेपण गरिसकेको छ । विकासशील राष्ट्र र विकसित राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य पनि हावामा उडिरहेको बेलुन सावित हुँदैछ । यो तालमेल हेर्दा हाँसोलाग्दो छ ।

आर्थिक वृद्धि ऋणात्मक भएको केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदनमा पुनर्लेखन गर्न ओली सरकारले आदेश दिएको थियो, त्यसपछि यो तथ्याङ्क नै अहिलेसम्म गायब छ । देशका आधारभूत तथ्याङ्कमाथि यस्तो हस्तक्षेप दुनियाँको कुनै पनि सभ्य देशमा हुँदैन । तर, ओलीका लागि यो सामान्य भएको छ ।

अब बक्राम आफै भन त, तेरा यी प्रश्नको जवाफ ओलीले दिन सक्छन् जस्तो लाग्छ ? नदेलान् पनि तर देशले यो प्रश्न बिर्सनेछैन । इतिहासले उनलाई प्रश्न सोध्न छाड्ने पनि छैन ।’

‘क्या मज्जाको समीक्षा गरिस यार, आइते । चुनावताका नेकपाको घोषणापत्रमा पाँच वर्षमा नेपाललाई विकासशील राष्ट्रमा पु¥याउने र दश वर्षमा प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर पु¥याउने र सन् २०९९ मा धनी राष्ट्रको स्तरमा पु¥याउने भनिएको थियो । विकासशील राष्ट्रको स्तरमा पु¥याउनका लागि ४५ सय डलर आवश्यक पर्ने भए पनि नेपालको सन्दर्भमा कम्तीमा ४२ सय डलर पु¥याउनुपर्ने हुन्छ । पाँच वर्षमा विकासशील राष्ट्रको पंक्तिमा पुग्न यो तीन वर्षमा कम्तिमा २५ सय देखि ३ हजार डलरसम्म प्रतिव्यक्ति आम्दानी हुन जरुरी छ । तर हालसम्मको प्रगति हेर्दा हजारदेखि एघार सय डलरभन्दा माथि प्रतिव्यक्ति आम्दानी पुगेको छैन भने बाँकी दुई वर्षको छाँटकाट पनि गतिलो छैन ।’ महाशंकरले थप्यो ।

‘तर के देशको अवस्था ओलीका पाला मात्र बिग्रिएको हो त ?’ झुमाले फेरी सबैलाई प्रश्न गरी ।

यहि बेला अघि सरी, रहिना । ‘तथ्याङ्कअनुसार देश ओलीको पालामा मात्र बिग्रिएको देखिदैन । तर विस्मातको विषय के भने उनको पाला झन् बढी बिग्रियो । देश सपार्न जनताले दिएको ऐतिहासिक जिम्मेवारीमाथि उनीबाट भयो । समृद्ध नेपाल, सुखी नेपालीजस्तो संवेदनशील नारालाई उनले मार्गचित्रमा होइन, चुड्किला बनाइ हावामा उडाए ।

नेपालमा रेल यातायात अपरिहार्य छ । जुनसुकै देशको विकासमा यी पूर्वाधार कोशेढुंगा नै हुन । तर चन्द्रशमशेरका पाला सुरु भएको रेलमार्गमा चलाउन ल्याएको रेलगाडीलाई त्रिपालले छोपेर ओलीले हिमाल वारिपारि गुड्ने चुच्चे–रेलको बखानमा समय बर्बाद गरे । यो तीनवर्षे कार्यकालमा केरुङतर्फको रेलमार्गको मन्त्र पटक–पटक दोहो¥याए, तर विस्तृत सम्भाव्यता अध्ययन गराउने आधारभूत कामसमेत गरेनन् ।

कानुन, कार्यविधि, योजना र बजेटविना पानीजहाज कार्यालयको उद्घाटन गरे । समृद्धि उनका लागि कतिसम्म मजाकको विषय हो भने स्टिम चलाउने विषयमा विस्तृत अध्ययनसमेत नगरी उनले जहाज चढ्न १६ पुस ०७५ मा टिकट काउन्टरमा आउनुस् भनेर सार्वभौम संसद्को रोस्ट्रममा उभिएर खुला आमन्त्रण गरे, विनासंकोच । खै कहाँ छ रेल चड्ने टिकट काउन्टर ?’

यतिन्जेल सबैले फ्राइराइस सकाए । रातो, मिठो भात खाएका उनीहरूपले रातो मन बनाए र ओलीतन्त्रको समिक्षा गरे । यतिन्जेल रात पर्न आँटेको थियो । सबै आ–आफ्नो बाटोमा लाग्ने आइतेले भन्यो, ‘बाइ गाइज !’

प्रकाशित मितिः   १५ फाल्गुन २०७७, शनिबार ११:००