३६ जना संक्रमित भेटिए
कर्णालीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमवार एक सय ८५ जनामा कोरोना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले दैलेखका १४, जुम्ला र मुगुका चार÷चार, कालीकोट र दैलेखका दुई/दुई तथा जाजरकोटका एक र अन्य प्रदेशका नौ जनामा संक्रमण देखिएको बताए । योसँगै प्रदेशमा संक्रमितको संख्या सात हजार ७१ पुगेको छ ।
यस्तै, सोमवार ३० जना संक्रमणमुक्त भएका छन् । योसहित कर्णालीमा कोरोना निको हुनेको संख्या ६ हजार चार सय ९८ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय ७३ जना रहेको छ । प्रदेशमा हालसम्म कोरोना पुष्टि भएका २० जनाको ज्यान गएको छ ।
त्यस्तै, नेपालमा सोमवार एक हजार १४ जना कोरोनाका संक्रमित थपिएका छन् । संक्रमितको संख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । सक्रिय संक्रमितको १२ हजार नौ सय ४८ छ भने दुई लाख २७ हजार चार सय २२ जना संक्रमणमुक्त भइसकेका छन् । कोरोना संक्रमणका कारण एक हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २३ मंसिर २०७७, मंगलवार ०८:२९
साझा बिसौनी ।