एकैदिन ९५ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप ९५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बुुधवार एकैदिन सुर्खेतमा १७, कालीकोटमा २२, जुुम्लामा ३९, दैलेखमा पाँच, जाजरकोटमा दुई जना र अन्य प्रदेशका १० जनामा संक्रमण पुष्टि भएको हो । बुधवार सुर्खेतमा भेटिएका ३८ संक्रमित सबै वीरेन्द्रनगरमा बस्दै आएका हुन् । त्यसमध्ये १० जना भारतबाट फर्किएकामा संक्रमण देखिएको हो । बाँकी संक्रमित कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ५१ पुगेको छ । तीमध्ये दुुई हजार एक सय २५ जना संक्रमणमुुक्त भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या चार सय २० रहेको छ । कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।