कर्णाली राजमार्गमा पहिरो

कर्णाली राजमार्गमा पहिरो गएको छ । पहिरोका कारण राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । स्थानीयका अनुसार जाक्सी जिरो पोइन्टदेखि तिलेपाटा क्याम्पस हुँदै सिंगौडी जाने सडक खन्दा दैलेखको आठबीस नगरपालिका–३ जाक्सी खोला नजिकैको सहायक रोडमा पहिरो गएको हो ।

गुणस्तरहिन सडक निर्माण गरिँदा वर्षा लाग्ने बित्तिकै पहिरो जाने गरेको स्थानीयले बताएका छन् । पहिरोले राजमार्ग पुरिएपछि राजमार्गको विभिन्न खण्डमा यातायात सेवा अवरुद्ध भएको हो । ‘एक मात्र होइन धेरै ठाउँमा पहिरोले बाटो बिग्रेको छ,’ जुम्लाबाट सुर्खेतका लागि हिँडेका एक यात्रुले भने । उनका अनुसार अत्यावश्यक कामका लागि अनुमति लिएर जिल्ला बाहिर हिँडेका र आउन लागेका यात्रु तथा मालबाहक गाडीहरू बाटोमै रोकिएका छन् । शनिवार रातीदेखि राजमार्गमा पहिरो गएपनि दुई ती दिनसम्म पन्छाउन कुनै पहल नभएको स्थानीयले बताएका छन् । पहिरोले भर्खरै रोपेका स्थानीय १३ जना व्यक्तिको झण्डै २० रोपनी बढी खेतमा क्षति पु¥याएको उनीहरूले बताए ।

प्रकाशित मितिः   १७ असार २०७७, बुधबार २१:२२