प्युठान र रोल्पा प्रदेश नम्बर ६ मा !
सुर्खेत, २३ कात्तिक । सरकारले हाल भएको सात प्रदेशलाई कायमै राखेर केही सीमांकन हेरफेरको प्रस्ताव पनि तयार पारेको छ । संविधान संशोधनको प्रस्तावमा तीनवटा प्रदेश ४, ५ र ६ को सीमांकन फेरबदल गर्ने उल्लेख छ ।
जसअनुसार प्रदेश नम्बर ५ मारहेका प्युठान र रोल्पालाई प्रदेश नम्बर ६ मा गाभ्ने प्रस्ताव गरिएको छ । त्यसैगरी हाल प्रदेश नम्बर ४ मा रहेको आधा रुकुम पनि प्रदेश नम्बर ६ मै जानेछ ।
अहिले ५ नम्बरमा प्रदेशमा भएका केही जिल्लालाई प्रदेश नम्बर ४ र ६ मा गाभिनेछ । र, प्रदेश नम्बर ५ नवलपरासीदेखि बर्दियासम्मको हुनेछ । हाल नलवपरासीको आधा भाग प्रदेश नम्बर ४ मा छ, जसलाई अब ५ मा राख्ने प्रस्ताव छ ।
हाल प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची र पाल्पालाई भने प्रदेश नम्बर ४ मा लैजाने प्रस्तावमा उल्लेख छ ।
प्रकाशित मितिः २३ कार्तिक २०७३, मंगलवार ०६:२०
साझा बिसौनी ।