प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । प्रधानमन्त्रीको सम्वोधनअघि मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७७, सोमबार १६:३८