४८ दिनपछि प्रदेश अस्पतालको ओपीडी सेवा सञ्चालन

सुर्खेत : कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा सुरु भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिमका कारण मुलुक लकडाउन भएसँगै स्थगित भएको सेवा सोमवारदेखि पुन: सञ्चालन गरिएको हो ।

लकडाउन भएपछि ४८ दिनसम्म प्रदेश अस्पतालमा ओपिडी सेवा बन्द रहेको थियो । अस्पतालका डाक्टर केएन पौडेलले आंशिक रुपमा ओपीडी सेवा सुरु भएको जानकारी दिए । बिहान नौँ बजेदेखि एघार बजेसम्म नाम दर्ता भएका बिरामीहरुलाई मात्र सेवा दिइने गरिएको छ ।

यस्तै अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भिडभाड नगरी सुरक्षित रुपमा सावधानी अपनाएर ओपीडी सेवा सञ्चालनमा ल्याएको बताए । बिरामीहरुलाई सामाजिक दूरी कायम गर्न र एक-एक जना गरेर बिरामी जाँच गर्ने गरी व्यवस्थापन मिलाइएको उनले जनाए ।

प्रकाशित मितिः   ३० बैशाख २०७७, मंगलवार १५:४५