थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

सुर्खेतः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार बुधवार भेटिएका संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका छन् । संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला हुन् ।

प्रकाशित मितिः   २४ बैशाख २०७७, बुधबार १७:४५