वैशाख १५ गतेसम्म लम्बियो लकडाउन

काठमाडौं : सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मितिः   २ बैशाख २०७७, मंगलवार १५:१९