कोरोना परीक्षण : जुम्लाका ३२४ जनाकै रिपोर्ट नेगेटिभ
जुम्ला : जुम्लाका तीन सय २४ जनामा कोरोना भाइरस परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना परीक्षणका लागि जुम्लाका आठै स्थानीय तहका क्वारेन्टाइनमा बसेका तीन सय २४ जनाको स्वाब सङ्कलन गरेर २०७६ चैत २५ गते काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाईएको थियो ।
परीक्षण गर्दा आज सबैको रिपोर्ट नेगेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार पातारासी, गुठीचौर, चन्दननाथ,तातोपानी र तिला गाउँपालिका गरी जुम्ला बिमानस्थालबाट एक सय ५०, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका गरी एक सय ७४ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेर काठमाडौ पठाएको थियो । यसअघि पहिलो चरणमा तीन जना र दोस्रो चरणमा ६ जना गरी ९ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
जुम्लामा अहिले १८ जना क्वारेन्टाइनमा बसेका छन् भने दुई सय ४४ जना घर फिर्ता भएको प्रमुख जिल्ला अधिकारि दुर्गा बञ्जाडेले जानकारी दिइन् ।
प्रकाशित मितिः १ बैशाख २०७७, सोमबार १७:२९
साझा बिसौनी ।