विभेदमा छोरी

एकै कोखबाट जन्मिएका सन्तानबीच पनि लिङ्गका आधारमा विभेद हुने गरेको छ । छोरा हुनु र छोरी हुनुबीच शारिरिक बनावटको भिन्नता मात्रै हो । तर विगतदेखि नै छोरीले छोरा समान व्यवहार, सम्मान र हैसियत प्राप्त गर्न सकिरहेका छैनन् । उनीहरुको लालनपालनदेखि नै विभेद गरिन्छ । सामाजिक, सांस्कृतिक रुपमा थिचोमिचो गरिन्छ । संस्कारका नाममा बनाइएका कुप्रथाहरुले जकडिएर बाँच्नुपर्ने अवस्था छ । परिवारदेखि समाज, समुदाय र राज्यले नै महिलाहरुमाथि विभेद गरिरहेको छ । कानुनी रुपमा महिलालाई समान अधिकारको कुरा गरिएपनि व्यवहारमा त्यसो हुन सकेको छैन । छोरी जन्माएकै कारण आमाहरुले हिंसा सहनुपरिरहेको तितो यथार्थ हाम्रासामु छ । कर्णालीमै पनि यस्ता घटनाहरु छन् ।

छोराको आशमा लगातार पाँच छोरी जन्माएकी वीरेन्द्रनगरकी राजकुुमारी (नाम परिवर्तन) यस्तै घटनाकी एक उदाहरण हुन् । छोरी मात्रै जन्मिएपछि परिवारबाट उनले दिनहुँ मानसिक र शारिरक पीडा सहुनप¥यो । त्यति मात्रै होइन छोरा नजन्मिएकै कारण श्रीमानले साथ छोडे । छोरा नजन्मिएकै कारण घरपरिवारबाट अवहेलित हुुनुपरेको अनुभव छ उनीसँग । पञ्चपुरी नगरपालिकाकी रमादेवी (नाम परिवर्तन) ले पनि छोरी जन्माएकै कारण श्रीमानको मात्र होइन परिवारकै साथ गुुमाउनुुप¥यो ।राजकुमारी र रमादेवीजस्तै छोरी जन्मिएकै कारण परिवारबाट अवहेलित हुनबाध्य महिलाको संख्या ठूलो छ । समाजमा यस्ता धेरै महिला छन्, जो छोरा नजन्मदा हिंसाको सिकार भइरहेका छन् । घरबाट निकालिएका छन् । छोरा जन्माएपछि खुशी हुुने र छोरी जन्माएपछि दुुःखी हुुने प्रवृत्ति समाजमा अझै पनि कायमै छ ।

महिलाहरूमाथिको विभेद गर्भबाटै सुरू हुने गरेको पाइन्छ । जब हाम्रो समाजमा एउटा छोरी हुन्छ त्यति खेर सानो भोज भतेर गरिन्छ । यदि लगातार अर्को छोरी भयो भने भोज भतेर छोडेर भाग्यलाई दोष दिने गरिन्छ । पछिल्लो समय चेतनाको विकाससँगै यस्तो प्रवृत्ति केही कम भने भएको छ । तर पूर्ण रुपमा निमूल हुन सकिरहेको छैन । गर्भ रहँदाकै बखत छोरा छ कि छोरी भनेर जाँच गराउने गरिएको छ । यदी गर्भमा छोरी भए भ्रुणहत्या गर्ने घटना पनि भइरहेका छन् । धेरै छोरी पाउने आमालाई धेरै विभेद हुने गर्छ । धेरै छोरीलाई जन्म दिने आमालाई घर, परिवार र समाजले विभिन प्रकारको गाली दिन थाल्छ । छोरा पाउनको लागि श्रीमानले अर्को बिहे गर्ने गरेका छन् । आजको समाजमा यो सुहाउने कुरा होइन । तर समाज जतिसुकै शिक्षित हुँदै गएपनि यही समाजभित्र विभेद र कुरितीले जडा गाडेर बसेको छ । त्यसैको एक उदाहरण हो, छोरा र छोरीबीचको विभेद ।